पुष्टि नहुने खबर त नलेख्नु न नेता गण !

पुष्टि नहुने खबर त नलेख्नु न नेता गण !

नेपालीमा एउटा उखान निकै प्रख्यात छ ‘कागले कान लग्यो भन्दैमा पछि नदौडनु’ । तर माओवादी केन्द्रका वाइसिएल इञ्चार्जले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि चोर औंला ठड्याउनु प्रत्युत्पादक ठहरिएको छ ।

भिजिट भिसा प्रकरणले नेपाली समाज र राजनीति तातेको बेला सापकोटाले लगाएको आरोप गम्भीर देखिएको छ । रामप्रसाद साप्कोटा अर्थात दिपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीजी,तपाईं स्पेन जाँदा केही मानिस लगेको र उतै छोडेर फर्किएको आरोप छ । कति गएका र कति फर्केका हुन् जनतालाई जवाफ चाहियो ! प्रधानमन्त्रीको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नुजत्तिको लज्जा रास्ट्रका लागि अरू के हुन्छ र ?’

उनको आरोपलाई आधारहीन बताउँदै एमाले नेताहरुले सामाजिक सञ्जालमा बतासिएर लेख्दैमा कुनै उपलब्धी हात नलाग्ने चेतावनी दिएका छन् । मन बहलाउन सामाजिक सञ्जाल रंगाउने उद्देश्यले गम्भीर विषयमा बिना प्रमाण लेखिँदा परिणाम सोचेअनुरुप नआउनेतर्फ सचेत हुन पनि उनीहरुले सुझाएका छन् ।

‘के को छाड्नु ? उल्टै उताबाट फर्किंदा दुई जना थपिए । यताबाट १९ जना गएकोमा फर्कंदा २२ जना भए । काठमाडौंबाट गएको टोली फर्कंदा खानेपानीमन्त्री र सचिव थपिएका छन् । प्रधानमन्त्रीभन्दा अघि त्यता गएका एकजना सैनिक अधिकृत पनि टोलीमा सामेल भएर सँगै काठमाडौं आएका छन् ।’ 

एमाले नेताहरु भन्छन्, ‘अरु जे जे लेखेपनि माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा घुस खाए भन्नु,केपी शर्मा ओलीले विदेश जाँदा भ्रमण टोलीका मान्छे उतै छाडे अथवा लागुऔषध कारोबार गरे भन्नु,शेरबहादुर देउवाले डडेलधुरालााई बेवास्ता गरे भन्नु र प्रचण्डले जनयुद्धको अपमान गरे भन्नु बेतुकको आरोप मात्रै हुन्छ । प्रधानमन्त्री ओलीको उछित्तो काढ्ने उद्देश्यले सापकोटाले सामाजिक सञ्जालमा लेखेका विषय गम्भीर छन्, त्यसको परिणाम ढिलोचाँडो भोग्नैपर्ने हुन्छ ।

दिपशिखाले झैँ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले हालै स्पेन जाँदा प्रतिनिधिमण्डलका केही मान्छेलाई उतै छाडेको हल्ला गर्नेहरु निकै छन् । कतिपयले नौ जना मात्रै स्वदेश फर्केको अस्वाभाविक दावी गरेका छन् । अधिकांश सरकारी अधिकारी र अधिकृत रहेको प्रतिनिधिमण्डलका सबै सदस्य प्रधानमन्त्रीसँगै फर्केको प्रधानमन्त्री कार्यालयका एकजना सचिवले बताए । 

उनी भन्छन्, ‘के को छाड्नु ? उल्टै उताबाट फर्किंदा दुई जना थपिए । यताबाट १९ जना गएकोमा फर्कंदा २२ जना भए । काठमाडौंबाट गएको टोली फर्कंदा खानेपानीमन्त्री र सचिव थपिएका छन् । प्रधानमन्त्रीभन्दा अघि त्यता गएका एकजना सैनिक अधिकृत पनि टोलीमा सामेल भएर सँगै काठमाडौं आएका छन् ।’

ती सचिवका अनुसार प्रधानमन्त्रीको भ्रमणस्थल र कार्यक्रममा सुरक्षा प्रबन्धको रेकी गर्न पहिले नै नेपाली सेनाका मेजर सविन खत्री स्पेन पुगेका थिए । टोलीमा परराष्ट्र सचिवसहित पाँच जना अधिकारी सामेल थिए भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि थिए । त्यसैगरी अर्थ सचिव घनश्याम उपाध्याय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ,प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य पनि टोली सदस्य थिए । 

काठमाडौंबाट २१, स्पेन र न्युयोर्कबाट आठ जना गरी २९ जना नेपाली प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी थिए । जसमा प्रधानमन्त्री कार्यालयका फोटो पत्रकार दिनेश भण्डारी,राससका प्रकाश सिलवाल,नेपाल टेलिभिजनका क्यामराम्यान प्रकाश महत पनि सँगै स्वदेश फर्केका छन् । टोलीमा केही सहसचिव पनि थिए ।

गएका को-को हुन् र को को फर्केनन् ? सस्तो लोकप्रियताका लागि फेसबुकमा फ्यास्स लेखेर छाडिदिने पूर्व खानेपानी सचिव भीम उपाध्यायहरुले खुलाइदिए सजिलो हुने प्रधानमन्त्री कार्यालयका तिनै सचिव बताउँछन् ।

टिप्पणीहरू