निर्मल निवासमा पुष्पगुच्छा र लड्डु बोक्नेहरुको लाइन
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन काठमाडौंको महाराजगञ्जस्थित निजी निवास निर्मल निवासमा मनाइएको छ । पूर्वराजालाई जन्मदिनको शुभकामना व्यक्त गर्न राजनीतिक दलका नेता, सांसद तथा सर्वसाधारण बिहानदेखि त्यहाँ पुगेका छन् ।
निर्मल निवासमा जन्मदिनको शुभकामना दिन जानेहरुको बाक्लो भिड लागेको छ । पूर्वराजाको निजी सचिवालयले आज दिउँसो ३ बजेसम्म निर्मल निवास खुला रहने जनाएको छ ।
केहीले शुभकामनासँगै पूर्वराजालाई पुष्पगुच्छा र मिठाइ (लड्डु) दिएका छन् । राप्रपा र राप्रपा नेपालको केही नेता, सांसदसहित राजावादी संघ संगठनका धेरैजसो त्यहाँ पुगेका छन् ।
तस्बिरहरुः




टिप्पणीहरू