बाढीमा १५ जनाकाे खाेजी जारी, क्षतिकाे विवरण आउँदै
चीनबाट बग्दै आएको भोटेकोशीको बाढीमा हराएका ३७ जनामध्ये २२ जना सम्पर्कमा आएका छन । बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता भएको बताइन्छ । हराएकामा चिनियाँ कामदारहरु पनि छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा ठूलो क्षति पुर्याएको छ । टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षतिग्रस्त भएको छ ।
त्रिशुली ३ ए आयोजनामा पनि क्षति पुगेको बताइन्छ । चिलिमे जलविद्युतमा बाढीको पानी छिरेको छ ।
मितेरी पुल बगेकाले चीनसँगको सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण नुवाकोटको विदुरदेखि उत्तरतर्फ हेलिकोप्टर जान सकेको छैन ।
टिप्पणीहरू