त्रिविको उपकुलपतिमा दीपक अर्याल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आज उपकुलपति नियुक्त गरेका हुन् । सहकुलपतिसमेत रहेका शिक्षामन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले सोमबार अर्यालसहित निमित्त उपकुलपति प्रा.डा खड्ग केसी, विज्ञान संकायका पूर्व डिन प्रा.डा विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
उपकुलपति नियुक्त अर्याल यसअघि जल तथा मौसम विभाग प्रमुख थिए । यसअघिका उपकुलपति प्रा.डा केशरजङ बरालले ‘सरकारको असहयोग’ कारण देखाउँदै चैत अन्तिम साता राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
टिप्पणीहरू