उपकुलपति नआउँदा एमाले सचेतक फेल
एमाले नेत्री तथा प्रतिनिधि सभामा सचेतक सुनिता बराल विश्वविद्यालयको परीक्षामा अनुत्तिर्ण भएकी छन् । अखिलको पूर्व अध्यक्षसमेत रहेकी झापाली नेत्री बराल एमफिलको दोस्रो सेमेष्टरमा फेल भएकी हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल गरिरहेकी उनी दुई वटा विषयमा अनुत्तिर्ण भएको बताइन्छ । आफू फेल भएको जानकारी सचेतकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।
अर्यालले हिजै कुलपतिसँग शपथ लिएर पदबहाली गरिसकेका छन् । जोरपाटीका स्थायी बासिन्दा अर्याल प्रख्यात हास्यव्यंग्यकार भैरव अर्यालका छोरा हुन् ।
यता सरकारले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले जलवायु विज्ञान विषयका प्राध्यापक डा. दीपक अर्याललाई नियुक्त गर्नुभएको हो । अर्यालले हिजै कुलपतिसँग शपथ लिएर पदबहाली गरिसकेका छन् । जोरपाटीका स्थायी बासिन्दा अर्याल प्रख्यात हास्यव्यंग्यकार भैरव अर्यालका छोरा हुन् ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले केशरजंग बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले प्रधानमन्त्रीको हस्तक्षेप र असहयोग,विद्यार्थी आन्दोलनका कारण चैत २८ गते राजीनामा दिएपछि रिक्त उपकुलपतिमा कार्यवाहकको जिम्मा रेक्टर खड्ग केसीलाई दिइएको थियो । कुलपतिको नियुक्ति प्रतिस्पर्धामा रहेका केसी अब पुनः रेक्टरको जिम्मेवारीमा फर्कने छन् ।
टिप्पणीहरू