दुई दर्जन जिल्लामा आकस्मिक बाढीको जोखिम
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढीको सम्भावना देखाएको छ । काठमाडौं उपत्यकासहित दुई दर्जन जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले ती जिल्लामा ‘एल्लो वारेन्ट’ जारी गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, जाजरकोट, कालिकोट र आसपासका जिल्ला भएर बहने नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउनेसक्ने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले ती जिल्लामा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘एल्लो वारेन्ट’ ले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहने संकेत गर्दछ । त्यसैगरी, कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाइएको छ ।
टिप्पणीहरू