अनावश्यक हर्न नबजाउन चेतावनी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन चेतावनी दिएको छ । अनावश्यक रुपमा हर्न बजाएर ध्वनि प्रदूषण बढेको गरेको भन्दै व्यापक जनगुनासो आएपछि कार्यालयले यस्तो चेतावनी दिएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक, विशेष परिस्थितिबाहेक अवस्थामा हर्न नबजाउन अनुरोध गरेको छ । भनिएको छ, ‘उपत्यकामा अनावश्यक हर्न बजाउँदा ध्वनि प्रदूषण भई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा गम्भीर असर पर्ने भएको हुँदा अत्यावश्यक, विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्नहुन सम्पूर्ण सवारी चालकहरुमा अनुरोध छ ।’
अटेरी गरेर हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनि प्रदूषण गर्न नहुने कसुरमा कारबाही गरिने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू