जनमतका दुई नेतासँग स्पष्टीकरण माग

जनमतका दुई नेतासँग स्पष्टीकरण माग

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय सदस्य विरेन्द्र साह सोनार र कार्यकारिणी सदस्य शम्भुनाथ साहलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुले सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गर्नुका साथै अनुशासनहीनता देखाएको ठहर गर्दै जनमतले कारबाही नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । 

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘विगत केही दिनदेखि सामाजिक सञ्जालहरुमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत पार्टीको नीति निर्देशन र विधानविपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरी राख्नुभएको, पार्टीको निर्देशन तथा अहित कार्यमा संलग्न भएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क) उपधारा २, ३, ४, ५, १० र १५ आकर्षित हुने हुँदा किन कारबाही नहुनुपर्ने हो भनि सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नहुन अनुरोध छ ।’

टिप्पणीहरू