४५ सेकेन्डमै सकियो काठमाडौँको कार्यपालिका, नगरसभा आइतबार
६ महिनापछि बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पौने एक मिनेटमा सकिएको छ । पर्सि आइतबार दिउँसो नगरसभा बोलाउने निर्णय गर्दै कार्यपालिका बैठक करिब ४५ सेकेण्डमा टुंगियो ।
बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका थिए । नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए ।
यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको थियो ।
टिप्पणीहरू