नेपाली र चिनियाँबीचको सम्बन्ध एकै परिवारका दाजुभाइ र दिदीबहिनीको

नेपाली र चिनियाँबीचको सम्बन्ध एकै परिवारका दाजुभाइ र दिदीबहिनीको

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई सर्वोच्च शिखर सगरमाथाजस्तै उच्च र अटल बनाउन चाहेको धारणा राख्नुभएको छ । 

बेइजिङमा आयोजित ‘विश्व सभ्यतासम्बन्धी संवाद’ लाई सम्बोधन गर्दै उहाँले नेपाली र चिनियाँ नागरिक एकै परिवारका दाजुभाइ र दिदीबहिनीजस्तै भएको बताउनुभयो । ‘एउटा ठूलो देश र एउटा सानो देश पनि कसरी एकअर्काको नजिकका साथी बन्न सक्छन्, विश्वलाई हामीले त्यसको उहाँहरण दिएका छौँ’, भूतपूर्व प्रमले भन्नुभयो, ‘चीनलाई आघात पुग्ने कुनै पनि गतिविधि नेपालबाट हुन दिइने छैन, म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

विश्वमा पछिल्लो समय अशान्तिका घटनाहरु बढिरहेकोमा त्यसलाई ठूला देशहरुले संयमतापूर्वक लिनुपर्नेमा खनालले जोड दिनुभयो । सद्भाव, समझदारी र सहकार्यबाटै शान्तिको स्थापना हुने उहाँको भनाइ छ । 

हिजो र आज आयोजित कार्यक्रममा विश्वका १४० देशका ६०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

टिप्पणीहरू