‘वार कि पार’को लडाइँ सम्झिदै माधव- ‘आवश्यक पर्दा म भन्दा कडा कोही छैन’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू नरम स्वभावको व्यक्ति भए पनि आवश्यक पर्दा सबैभन्दा कडा मान्छे पनि बन्न सक्ने बताउनुभएको छ । ‘वार कि पार’को लडाइँ लडेरै नेकपा (एमाले)बाट अलग भएको उहाँको स्मरण छ ।
आज अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पतञ्जली प्रकरणमा आफूले एक रुपैयाँ पनि घुस नखाएको पनि स्पष्ट पार्नुभयो । ‘नबिराउनु र नडराउनु भन्ने मेरो मान्यता छ, मैले एक पैसा कसैको घुस खाएको छैन’, उहाँले भन्नुभयो, ‘...मेरो बानी के छ भने म धेरै नरम हुन्छु, तर आवश्यक पर्दा मभन्दा कडा मान्छे कोही पनि छैन, म वार कि पारको लडाइँ लडेरै आएको हुँ ।’
अध्यक्ष नेपालले पार्टी निर्माण र नेतृत्वको लागि अझै आफूमा योजना र आँट रहेको समेत बताउनुभयो । पार्टी एकताको लागि बिहान वामदेम गौतमसँग गरिएको लिखित सहमति औँल्याउँदै अघि भन्नुभयो, ‘पार्टी निर्माणको लागि ममा अझै आँट छ, पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ, फेरि पनि चुनौती आयो भने सामना गरेर अघि बढिन्छ ।’
टिप्पणीहरू