सुगम र अञ्जु गाउने, देउवा सुन्ने
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले राष्ट्रव्यापी शैक्षिक सांगीतिक यात्रा गर्ने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमबारे जानकारी गराएको छ ।
’गुणस्तरीय शिक्षाका लागि महाभियान’ नारा दिइएको सांगीतिक यात्राको भोलि नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोह गरी शुभारम्भ गर्ने तयारी छ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहने उद्घाटन समारोहमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले गीत गाउने छन् ।
उद्घाटनलगत्तै सांगीतिक कार्यक्रम शुरु हुनेछ । त्यसपछि शैक्षिक क्षेत्रका विज्ञ र विद्यार्थी नेताहरुको साथमा शैक्षिक बहस चल्नेछ ।
काठमाडौँबाट शुरु हुने यो कार्यक्रम सातै प्रदेशका राजधानी र ७५३ वटै पालिकासम्म पुर्याउने आयोजको तयारी छ ।
टिप्पणीहरू