पानीको संकट टार्न दमकल परिचालन
बर्खाको समयमा पनि खानेपानीको हाहाकार भएपछि मधेश प्रदेशका विभिन्न स्थानमा दमकलको सहायताले पानी वितरण गर्न थालिएको छ ।
पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा दमकल र ट्रयाङ्कर परिचालन गरेर पानी वितरण शुरु गरिएको हो । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयानुसार मुख्यमन्त्री सतिशकुमार सिंहले आठ वटा दमकलमार्फत संकटग्रस्त क्षेत्रमा खानेपानी पठाएका छन् ।

ती दमकल पाँच हजार लिटर क्षमताका छन् । त्यसले तत्कालका लागि खानेपानीको समस्या समाधान हुने अपेक्षा लिइएको छ ।
लामो समयदेखि पानी नपर्दा मधेशमा खडेरी लागेको छ । साउन शुरु हुन लाग्दासमेत पानी नपरेकाले कृषकले धान रोप्न पाएका छैनन् ।
यता, सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ ।
टिप्पणीहरू