यी जिल्लामा आज बाढीको जोखिम
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज दुई दर्जन जिल्लामा बाढीको सम्भावना देखाएको छ । काठमाडौं उपत्यकाबाहिर रहेका २७ वटा जिल्लामा बाढीको आकस्मिक जोखिम देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाले ती जिल्लामा ‘एल्लो वारेन्ट’ जारी गरेको छ । इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘एल्लो वारेन्ट’ ले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहने संकेत गर्दछ ।
टिप्पणीहरू