शीर्ष गीतका लागि एन्फाद्धारा आवेदन आह्वान
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष गीत (थिम सङ) निर्माणका लागि आवेदन आह्वान गरेको छ ।
संगीतकर्मी, गीतकार, संगीत संयोजक तथा निर्माताहरुलाई प्रस्ताव पेश गर्न भनिएको हो । एन्फाले गीत फुटबल र प्रतिस्पर्धाको भावना, राष्ट्रिय गौरव र एकता, शहिदहरुप्रति सम्मान र नेपाली फुटबलको इतिहास समावेश भएको हुनुपर्ने जनाएको छ ।
त्यसैगरी, नेपाली वा नेपाली र अंग्रेजीको संयोजनमा निर्माण गरिएको गीत कम्तीमा तीन मीनेटको हुनुपर्नेछ । एन्फाका अनुसार गीतको नमूना भदौ १५ गतेभित्र पठाइसक्नुपर्नेछ । छनौट भएको गीतलाई समन्वयमा रेकर्ड गराइने जानकारी दिइएको छ ।
टिप्पणीहरू