सतर्कता अपनाउन र तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

सतर्कता अपनाउन र तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षाबाट हुनसक्ने क्षतिका लागि आवश्यक सतर्कता अपनाउन र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज मुलुकका विभिन्न स्थानमा घनघोर वर्षा हुने जानकारी दिएपछि प्रधानमन्त्री ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा सर्वसाधारणलाई मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गर्नु भएको छ । सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

टिप्पणीहरू