मध्यरातको पहिरोमा सासु ससुरा बेपत्ता, बुहारी सुरक्षित
पर्वतको लाङ्दीमा पहिरोले घर पुरेको छ । पहिरोमा दुई जना वृद्ध दम्पती बेपत्ता भएका छन् ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएरातिको पहिरोले घर पुरेपछि ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता छन् ।
३२ वर्षीया बुहारी पवित्रा घरबाट हाम्फालेर बाँचेको बताइन्छ । बेपत्ता दम्पतीको खोजी जारी छ ।
टिप्पणीहरू