प्रधानमन्त्री उता गएपछि मोदी यता आउने !
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको १४ महिनापछि भारत भ्रमणमा जान लाग्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ आगामी भदौ ३१ गते त्यता जाने बताइएको छ ।
एक वर्षसम्म पनि भारत भ्रमणको औपचारिक निम्तो नपाउनुभएका प्रधानमन्त्री एक दिने भ्रमणमा नयाँ दिल्ली जाने सम्भावना छ । भारतीय प्रधानमन्त्री मोदीले आगामी कात्तिक वा मंसिरमा नेपाल भ्रमण गर्ने तयारी छ । यसअघि उहाँहरुबीच न्युयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भएको थियो ।
टिप्पणीहरू