बैठकमा बोल्ने एमाले केन्द्रीय सदस्यलाई ३ मीनेट समय

बैठकमा बोल्ने एमाले केन्द्रीय सदस्यलाई ३ मीनेट समय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । प्रस्तावित पार्टी विधानमाथि छलफल गर्न बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि शुरु हुँदै छ । 

विधानबारे बोल्ने केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटको समय तोकिँदै छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले अन्य कमिटीमा धारणा राखिसकेकाले केन्द्रीय सदस्यलाई मात्रै बोल्न दिइने जनाइएको छ।

बैठक भोलि सम्पन्न हुने बताइएको छ । यसअघि साउन १ गते सचिवालय, साउन २ र ३ गते पोलिटब्युरोको बैठक बसिसकेको छ । ती दुबै कमिटीको बैठकले दुई कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान हटाएको प्रस्तावित विधानमा समर्थन गरेको छ।

विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ ।
 

टिप्पणीहरू