सहकारी पीडितहरुमाथि घरमै बसेर नाटक गर्दै फेसबुकमा मस्तको आरोप

सहकारी पीडितहरुमाथि घरमै बसेर नाटक गर्दै फेसबुकमा मस्तको आरोप

बचत फिर्ता माग्दै सहकारी पीडितहरुले मोटरसाइकल र्‍याली निकालेका छन् । सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा निकालिएको र्‍यालीले आज काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेको छ ।

महाराजगञ्जबाट निकालिएको र्‍याली ललितपुरको पुल्चोकस्थित सहकारी नियमन प्राधिकरण पुगेर पीडितहरुले १६ वटा समस्याग्रस्त सहकारीको सूची बुझाएका छन् । अभियानका कोषाध्यक्ष देव श्रेष्ठले कर्जा असुलीकरणमा पनि जाने जानकारी दिए । 

सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेपनि राज्यले सुनुवाई नगरेको गुनासो गर्दै उनले भने, ‘राज्यका शासकहरुले हाम्रो मागको सुनुवाई गरेन । हाम्रो अधिकार हामीले मागेर पाउँथ्यौं भने आजसम्म राज्यले दिइसक्थ्यो । तर, राज्यले हाम्रो शक्तिलाई पत्याएन । त्यसकारण अब हाम्रो हक र अधिकार हामी मागेर होइन खोसेर लिनुपर्छ भनेर आज १६ वटा समस्याग्रस्त सहकारीहरुलाई प्राधिकरणमा लाँदैछौं । त्यसपछि हामी कर्जा असुलीकरणमा हामी जान्छौं ।’

तर आन्दोनलमा सहभागिता कम हुन थालेपछि उनीहरुले कारण खोजेका थिए । प्रायः धेरैको ठूलो रकम डुबेको, उमेर ढल्केका कारण गर्मीमा आन्दोलन गर्न नसकेपछि फेसबुकमा मस्त भएको आरोप लागेको हो । र्‍यालीमा उपस्थित हुन जारी गरिएको सूचनामा लेखिएको छ, ‘घरमै बसेर नाटक गरेर फेसबुकमा लेखेर हुँदैन । अधिकार खोस्ने दम राख्नुपर्यो पीडितले..।’

टिप्पणीहरू