ट्राफिक प्रहरी नै अव्यवस्थित पार्किङ्गमा सामेल
बढ्दो सवारी साधनका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा पार्किङ्गको व्यापक समस्या छ । उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरुमा पार्किङ्ग स्थलको अभाव छ । पार्किङ्गस्थल नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नु परिरहेको छ ।
पार्किङ्ग गर्ने ठाउँ खोज्दै भौँतारिनुपर्ने अवस्था छ । काठमाडौं महानगरपालिकाले सडक छेउछाउ सवारी पार्किङ्ग गर्न रोक लगाएको छ । तैपनि,सडक किनारामा जथाभावी पार्किङ्ग गर्ने क्रम रोकिएको छैन ।
काठमाडौंको व्यस्त सडकको रुपमा चिनिने कुलेश्वरमा पार्किङ्गको ठूलो समस्या छ । वडा नम्बर–१४ मा पर्ने कुलेश्वर परिचित व्यापारिक केन्द्रमध्ये एक हो । ठूल्ठूला किराना पसल, गाडीको पार्टस,सजावट, कपडालगायतका पसल सो स्थानमा सञ्चालित छ ।
तत्कालीन ट्राफिक प्रमुख मीरा चौधरीले त्यहाँ पार्किङ्ग निषेध गरेकी थिइन् । यता,महानगरले पनि पार्किङ्गमा प्रतिबन्ध लगाएको छ ।
सडक साँघुरो भएकाले त्यहाँ ट्राफिक व्यवस्थापन गर्न निकै कठिन छ । फुटपाथ पनि स–साना हुँदा पैदलयात्री एकअर्कासँग ठोक्किँदै हिँड्नुपर्ने बाध्यता छ । कुनै समय व्यापारीहरुले १० मीनेट होल्ड गराएर गाडीहरु व्यवस्थापन गर्दै आएका थिए ।
तत्कालीन ट्राफिक प्रमुख मीरा चौधरीले त्यहाँ पार्किङ्ग निषेध गरेकी थिइन् । यता,महानगरले पनि पार्किङ्गमा प्रतिबन्ध लगाएको छ । तर, पछिल्लो समय त्यहाँ पुनः पार्किङ्ग गर्न थालिएको छ । जतिबेला पनि सडक छेउछाउ सवारीको लावालस्कर देखिन्छ ।
सडक छेउछाउ खुलेआम पार्किङ्ग भइरहँदा ट्राफिक प्रहरीले कारबाहीमा चासो देखाएको छैन । ट्राफिक प्रहरीकै मौनतामा त्यहाँ पार्किङ्ग भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार पार्किङ्गका लागि प्रत्येक पसलबाट एक हजार रुपैयाँ मासिक असुल्ने गरिएको छ । सो रकम ट्राफिक प्रहरीसम्म पुग्ने स्रोतको दावी छ ।
टिप्पणीहरू