केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको धर्ना
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएका छन् । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले शुल्क घटाउन माग गर्दै उपकुलपति प्रा.डा. दिपक अर्यालको कार्यकक्षबाहिर आज शान्तिपूर्ण धर्ना दिएको हो ।
मानविकी तथा सामाजिक विज्ञानअन्तर्गतका चार वटा विभागहरु (आईआरडी, सीपीडिएस, सोसल वर्क र लैङ्गिक अध्ययन) लाई एउटै विभागमा गाभ्दा स्वतः शुल्क घट्नुपर्नेमा अहिलेपनि प्राइभेटअनुसार शुल्क उठाइरहेको विद्यार्थीहरुको गुनासो छ । सो शुल्क घटाउनुपर्ने माग क्रान्तिकारीको छ ।
‘गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली’,‘विश्वविद्यालयले विद्या दिने कि व्यापार गर्ने ? शुल्क घटाऊ, पहुँच बढाऊ’,‘पर्मानेण्ट फ्याकल्टिजहरु तलबी बिदामा, पेन्सनधारीहरु विश्वविद्यालयमा ?’,‘सोसल वर्क सिकाउनेहरु सामाजिक न्याय बिर्सने ?’,‘शिक्षा बेच्ने होइन, बाँड्ने हो–शुल्क घटाऊ’,‘सेन्ट्रल डिपार्टमेण्टको दरबन्दी खोइ ?’,लगायतका प्लेकार्ड धर्नाकारीले देखाएका छन् ।
टिप्पणीहरू