इरानी जेलबाट छुटेका पाँच नेपाली स्वदेश फिर्ता
इरानको जेलबाट छुटेका पाँच नेपालीलाई स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार तेह्ररानस्थित नेपाली अवैतानिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिकहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मिति २४ जुलाई २०२५ का दिन काठमाडौं अवतरण गर्नुभएको छ ।’
इजरायल–इरानबीच भएको द्धन्द्धसँगै मन्त्रालयले त्यहाँ रहेका नेपालीको विवरण संकलन र उद्धार प्रक्रिया अघि बढाएकोमा भारत सरकारलाई अनुरोध गरेर ‘अपरेशन सिन्धु’ अन्तर्गत इरानमा भारतीय नागरिक उद्धार गर्न गएको उडानमार्फत तीन चरणमा नौ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइसकेको पनि जनाइएको छ ।
उद्धार तथा समन्वयको सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने भारत सरकार, इरान सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतलगायतप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ ।
टिप्पणीहरू