ट्वाइलेटमा पौने २ लाख खाने हेडसरविरुद्ध फेरि मुद्दा

ट्वाइलेटमा पौने २ लाख खाने हेडसरविरुद्ध फेरि मुद्दा

भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च गुहारेको छ। 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगका अनुसार विद्यालयको शौचालय निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको छ । 

सुनसरीको वर्जु गाउँपालिका–६, चिमडीस्थित श्री माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माणका क्रममा अनियमिमता भएको भन्दै अख्तियारले तत्कालिन प्रधानाध्यापक रामविलास यादवसहित तीन जनाविरुद्ध मुद्दा चलाएको थियो । 

शौचालय निर्माणमा पौने दुई लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ । तर, विशेष अदालतको २०८० चैत २७ गतेको फैसलाबाट प्रतिवादीहरुले सफाइ पाएका छन् । 

त्यसप्रति असन्तृष्टि अख्तियारले विशेषको फैसला बदर र प्रतिवादीहरुमाथि सजायको माग गर्दै सर्वोच्च गुहारेको हो ।

टिप्पणीहरू