अधिवक्ता बोहोराको लाइसेन्स निलम्बन

अधिवक्ता बोहोराको लाइसेन्स निलम्बन

नेपाल बार काउन्सिलले अधिवक्ता खगेन्द्र बोहोरालाई कारबाही गरेको छ । काउन्सिलले उनको ४३५८ नम्बरको लाइसेन्स निलम्बन गरेको हो । जसअनुसार उनले एक वर्ष वकालत गर्न पाउने छैनन् । त्यसैगरी,अधिवक्ता ललितबहादुर केसीलाई नसिहतको सजाय गरिएको छ । 

दाङका केसीको लाइसेन्स नम्बर ११६०३ रहेको छ । कानुन व्यवसायीले पालना गर्नुपर्ने आचरण उल्लंघन गरेको भन्दै बोहोरा र केसीविरुद्ध काउन्सिलमा उजुरी परेको थियो । काउन्सिल अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले सूचना जारी गर्दै उनीहरुको कारबाहीबारे जानकारी गराएको छ । 

‘नेपाल कानुन व्यवसायी परिषद्को च.नं. ३५ र ४७ मिति २०८२–०४–०६ को प्राप्त पत्रानुसार उक्त परिषद्को अनुशासन समितिको मिति २०८२–०३–२० को निर्णयानुसार क्रमशः प्र.प्र.नं. ११६०३ का अधिवक्ता ललितबहादुर केसीलाई नसिहतको सजाय र प्र.प्र.नं. ४३५८ का अधिवक्ता खगेन्द्र बोहोरालाई एक वर्ष वकालत गर्न नपाउनेगरी कानुन व्यवसायीको प्रमाणपत्र निलम्बनको सजाय गर्ने निर्णय भएको...’,जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू