प्रचण्ड र माधवले हिजै भेटेको पुष्टि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता नभएको थाहा भएको छ ।
केही सञ्चारमाध्यमले दुई नेताले आज भेटवार्ता गरेको समाचार लेखेका थिए । तर, अध्यक्ष नेपालको सचिवालयले भने उक्त भेट हिजै भएको खुलाएको हो ।
अध्यक्ष नेपाल आज दिनभर आलोकनगरस्थित पार्टी कार्यालयमै व्यस्त रहेको उहाँको सचिवालयले प्रष्ट पारेको छ । ‘दुई जना हिजो भेट्नुभएको थियो, आज होइन’, सचिवालयका एक सदस्यले भने, ‘आज त दिनभर कार्यालयमै हुनुहुन्छ, म यही छु, कतै जानुभएकाे छैन ।’
भेटमा दुई जनाबीच समसामायिक राजनीतिक घटनाक्रम, समाजवादी मोर्च, आपसी सहकार्य र एकताको सम्भावनाबारे छलफल भएको बताइएको छ । दुवै जनाले वर्तमान सरकार गठनको मुख्य आधार भनिएको संविधान संशोधनको एजेण्डा ओझेलमा परेको र गठबन्धनका नेताहरू त्यसमै रमाइरहेको निष्कर्ष निकाल्नुभएको बताइन्छ ।
टिप्पणीहरू