सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल, रजिष्ट्रारमा मानबहादुर

सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल, रजिष्ट्रारमा मानबहादुर

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण हिजोबाट अवकाशमा गएपछि न्याय सेवा आयोगको आजको बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, पौडेलको ठाउँमा सह–रजिष्ट्रार मानबहादुर कार्की आएका छन् । आयोगले उनलाई रजिष्ट्रारमा बढुवा गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सूर्यराज दाहालको सचिवमा बढुवा भएको छ । उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सहसचिव निर्मला अधिकारीको सचिवमा बढुवा भएको छ । उनलाई आयोगमै पदस्थापन गरिएको छ । सहसचिव इन्दिरा दाहाल भट्टराईको पनि सचिव पदमा बढुवा भएको छ । निर्वाचन आयोगमा कार्यरत उनी नेपाल कानुन आयोगमा पदस्थापन भएकी छिन् ।

टिप्पणीहरू