चीनको हाइस्पिड रेल्वे नेटवर्क ४८ हजार किलोमीटरमा विस्तार
चीनले पछिल्लो दुई दशकको अवधीमा हाइस्पिड रेल नेटवर्क अर्थात् उच्च गतिको रेलवे सञ्जाल मुलुकभर विस्तार गरेको छ । यसबीच ४८ हजार किलोमीटर लामो सञ्जालमा हाइस्पिड रेल (एचएसआर) गुडिरहेको पाइन्छ ।
यो विश्वकै सबैभन्दा ठूलो एचएसआर सञ्जाल हो । चीनले आगामी वर्ष सन् २०२६ देखि २०३० सम्म लागू हुने पञ्चवर्षीय योजनामा थप रेलमार्ग विस्तार गर्दैछ । लगभग ३०० किलोमीटर प्रतिघण्टाको गतिमा चल्ने ती रेल हालसम्म यात्रुवाहक हुन् ।
२०२४ मा चीनको स्टेट रेलवे ग्रुपले ३.९ अर्ब युआन नाफा कमाएको थियो । सन् २०३५ सम्म थप २२ हजार किलोमीटर विस्तार गरेर ७० हजार किलोमीटरको लक्ष्य भेट्ने स्टेट रेलवे ग्रुपको तयारी छ । पाँच वर्षअघि पाँच लाखभन्दा बढी जनसंख्या भएका सबै शहरलाई एचएसआरमार्फत जोड्ने लक्ष्य राखिएको थियो ।
टिप्पणीहरू