माइपोखरीपछि बिकनीमा देखिइन् इस्टु
उनी कुनै प्रसिद्ध अभिनेत्री होइनन्, न कुनै सेलिब्रेटी मोडल । तर नाम चलेका कलाकारलाई समेत ओझेलमा पार्नेगरी चर्चा उनकै छ । उनी हुन्, इष्टु कार्की, जो यतिबेला फेरि सामाजिक सञ्जालमा ‘हटकेक’ बनेकी छन् ।
इस्टुको बिकनी फोटो फोटोसुट सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको हो । सार्वजनिक तस्वीरमा कालो बिकनी र कालो सनग्लासकाे संयोजनले उनलाई बोल्ड देखाएको छ ।
त्यसो त, तस्वीरकै कारण इष्टु चर्चामा आएको यो पहिलोपल्ट भने होइन । गत वर्ष कात्तिक अन्तिम साता पनि उनले चल्तीका हिरोइनलाई माथ खुवाउनेगरी केही तस्वीर सार्वजनिक गरेकी थिइन् ।
इलामको माइपोखरी पुगेर खिचेको तस्वीरमा पनि उनी निकै बोल्ड देखिएकी थिइन् । अर्थनग्न जस्तो लाग्ने उक्त तस्वीरमा बक्षस्थल देखाएपछि इस्टु आलोचनामा समेत परेकी थिइन् । तर, एक उनको तर्क छ, ‘मेरो जीवन हो, मैले के खाने, के लाउने, कहाँ जाने, त्यो मेरो नीजि वैयक्तिक अधिकारको कुरा हो, अरुलाई टाउको दुखाउनु पर्दैन ।’
त्यतिमात्रै होइन, इस्टुले सामाजिक सञ्जालबाटै आलोचनाको प्रतिवाद गरेकी थिइन्, ‘माइ बोडी, नट् योर्स ।’
विभिन्न व्यापार व्यवसायको आकर्षक र चाखलाग्दो विज्ञापन बनाएर चर्चा आएकी इस्टु पछिल्लो समय केही टेलि सिरियल र म्युनिक भिडियोमा देखिन थालेकी छन् । उनले हालै थाइल्याण्ड र सिंगापुरको भ्रमणसमेत गरेकी थिइन् ।
भ्लग निर्माणमा रुची देखाउने उनको फेसबुकमा ६ लाख ५७ हजार फ्लोअर र युटुबमा ७ लाख २२ हजार सब्सक्राइबर्स छन् ।
टिप्पणीहरू