रास्वपाबाट उपचुनाव लड्न नौ जनाको रुचि

रास्वपाबाट उपचुनाव लड्न नौ जनाको रुचि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा हुने उपनिर्वाचनमा उम्मेवार हुन ९ जनाले इच्छा देखाएका छन् । 

रास्वपाले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर उम्मेदवार हुन इच्छुकहरूका लागि खुला निवेदन आह्वान गरेको थियो । तोकिएको अवधिभित्र ९ जनाले आवेदन दिएको सो पार्टीले जनाएको छ । 

प्राप्त निवेदनहरुको अध्ययन र छलफलपछि एक जनालाई उम्मेद्वार छनोट गरिने रास्वपा लुम्बिनीका इञ्चार्ज विपिन आचार्यले जानकारी दिए । उनका अनुसार छनोट हुनेहरुमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन् । 

उनीहरुले २५ हजार शुल्क बुझाएर निवेदन दिएका हुन् । यीनैमध्येबाट एक जनाको नाम भदौ १५ गते औपचारिकरूपमा सार्वजनिक गर्ने रास्वपाको तयारी छ । उपनिर्वाचन आगामी कार्तिक १७ गतेका लागि तोकिएको छ ।

टिप्पणीहरू