घुससहित समातिएका थिए एमाले मेयर
घुससहित समातिएका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले गत साउन ३२ गते उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा मेयर साहले कल्याणपुर–६, स्थित पक्की नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने बेला घुस मागेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना हुन मागदाबी गरेको छ । साह २०७९ को स्थानीय तह चुनावमा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
टिप्पणीहरू