ओलीलाई माधवको व्यंग्य : १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई २० वर्षको उमेरमा बिहे गरेर तीस वर्षभित्र तीनवटा सन्तान जन्माउन दबाबमूलक आग्रह गर्दै अलि अगाडि एउटा भाषण गर्नुभएको थियो । प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मान्छेबाट सार्वजनिक भएको यस्तो अभिव्यक्तिको आमरूपमा समेत आलोचना भैरहँदा आज माधवले व्यंग्य गर्नुभएको हो ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कटाक्षपूर्ण टिप्पणी गर्दै भन्नुभयो, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।’
टिप्पणीहरू