प्रधानमन्त्री मध्यराति स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । उहाँ आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर मध्यरातमा काठमाडौं आइपुग्नुभएको हो ।
प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल दुबई हुँदै काठमाडौं आएको हो । त्यसअघि प्रधानमन्त्रीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका उपप्रधानमन्त्रीले स्थानीय समयानुसार बिहान साढे ८ बजे बिदाई गर्नुभएको थियो ।
टिप्पणीहरू