चौरासीसम्म यो गठबन्धन रहने ठहर

चौरासीसम्म यो गठबन्धन रहने ठहर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म सत्तामा कांग्रेस-एमालेको सहकार्य निरन्तर रहने दोहोर्याउनु भएको छ । 

हिजो एक सार्वजनिक कार्यक्रममा आगामी निर्वाचनपछि पनि दुई पार्टी मिलेर सरकार चलाउने दाबी गर्नुभएका उहाँले आज संसद्को रोष्टमबाट यही राजनीतिक समीकरण अगाडि बढ्ने प्रष्ट्याउनुभएको हो । अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने भन्दै उहाँले सत्ता निरन्तरताको आत्मविश्वास प्रकट गर्नुभयो । 

राजनीतिक र नीतिगत स्थिरता कायम  गर्दै अर्थतन्त्रलाई सही बाटोमा फर्काउन संसद्का दुई प्रमुख दल मिलेर सरकार बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ?’, ओलीले भन्नुभयो, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

टिप्पणीहरू