पोहोर पनि यसैगरी आएका थिए भारतीय विदेश सचिव
भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनी वायुसेनाको विशेष उडान नम्बर आइएफसी ३१ मा बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
सचिवको साथमा विदेश मन्त्रालयको उत्तरी डेस्क प्रमुख तथा सहसचिव मुनु महावार र अतिरिक्त सचिव तुषारअन्शु शर्मा पनि काठमाडौं आएका छन् । मिश्री यसअघि अघिल्लो वर्ष साउन २७ गते पनि भारतीय वायुसेनाको आज आएकै विमानमा आएर भोलिपल्ट नयाँ दिल्ली फर्केका थिए ।
बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेको मिश्र नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान भेटेर भारतीय समकक्षी नरेन्द्र मोदीको सन्देश तथा भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम छ । टोली भोलि मध्यान्ह पशुपतिनाथको दर्शन गरेपछि उतैबाट विमानस्थल पुगेर दिउँसो २ बजे नयाँ दिल्ली फर्कने कार्यतालिका छ ।
यो पनि..
भारतीय पाहुना सोझै हाेटल द्वारिकातिर
प्रधानमन्त्री ओलीलाई एकछिनमा दिल्लीको निम्तो पत्र आइपुग्दै
टिप्पणीहरू