हाकिम नियुक्तिको तयारीमा कृषि मन्त्रालय
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) मा रिक्त महाप्रबन्धक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धका लागि दरखास्त आह्वानको सूचना जारी गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । सूचनामा भनिएको छ, ‘यस मन्त्रालयसम्बद्ध दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनहुन जानकारी गराइन्छ ।’
सिंहदरबारस्थित मन्त्रालयको कर्मचारी प्रशासन शाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । यसबारे विस्तृत जानकारी मन्त्रालय वा संस्थानको बेवसाइटमा राखिएको छ ।
टिप्पणीहरू