उड्ने कार देखेपछि प्रधानमन्त्री दङ्ग, चिनियाँ प्रविधिको प्रशंसा

उड्ने कार देखेपछि प्रधानमन्त्री दङ्ग, चिनियाँ प्रविधिको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले उड्ने कारको अवलोकन गर्नुभएको छ । आजदेखि भृकुटीमण्डपमा शुरु भएको १७औँ नाडा अटो शो उद्घाटन गरेपछि उहाँले फ्लाइङ कारको निकै अभिरुचीपूर्वक अवलोकन गर्नुभएको हो ।

भदौ ८ गतेसम्म चल्ने उक्त मेलामा राखिएको उड्ने कारले धेरैको ध्यान खिचेको छ । सडकमा पनि गुड्ने र हावामा पनि उड्ने उक्त कार हेर्न मानिसको भीड लागेको छ । चीनबाट गत शनिबार तातोपानी नाका हुँदै काठमाडौँ ल्याइएको उक्त कार चलाउनको लागि सडक र हवाई लाइसेन्स आवश्यक पर्छ । 

सो कारलाई प्रयोगमा भने ल्याइने छैन । शो पिसको लागि मात्र मेलामा राखिएको बताइन्छ । उक्त कारको अवलोकनपछि प्रधानमन्त्री ओलीले चिनियाँ प्रविधिको प्रशंसा गर्नुभएको छ ।

तस्बिरहरु 

टिप्पणीहरू