हिजो प्रधानमन्त्री, आज पूर्वप्रधानमन्त्री

हिजो प्रधानमन्त्री, आज पूर्वप्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उड्ने कारको अवलोकन गर्नुभएको छ । भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको ‘नाडा अटो शो’ मेलामा पुगेर उहाँले फ्लाइङ कार नियाल्नुभयो ।

प्रचण्डलाई रोबोटले स्वागत गरेको थियो । त्यसपछि उहाँ कारको सिटमै बसेर चिनियाँ प्रविधिले ल्याएको ‘उछाल’को प्रशंसा गर्नुभयो ।

यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो कार अवलोकन गर्दै चिनियाँहरूको कल्पनाशीलता र क्षमताको तारिफ गर्नुभएको थियो ।

टिप्पणीहरू