मानसिक स्वास्थ्य केन्द्रमा प्रचण्डको चेक हस्तान्तरण
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनमुक्ति सेना खुमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको छ । हाल एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा उपचाररत खुमबहादुरलाई उहाँले दुई लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
म्याग्दीका खुमबहादुरको मानसिक अवस्था जनयुद्धको कारण क्रमशः बिग्रिँदै गएको बताइन्छ । पछिल्लो चार वर्षदेखि मानसिक उपचार गराइरहेका उनको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । स्वास्थ्य केन्द्रबाट डिस्चार्जको तयारीमा रहेका उनलाई प्रचण्डले जीवनमा हिम्मत नहार्न हौसला समेत दिनुभएको छ ।
प्रचण्डले सहयोग गर्ने वातावरण बनाइदिएकोमा म्याग्दी–काठमाडौं सम्पर्क मञ्च र निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद पनि दिनुभयो ।
टिप्पणीहरू