पुनः आन्दोलनको तयारीमा रहेका शिक्षकहरुलाई कानुनी चुनौती

पुनः आन्दोलनको तयारीमा रहेका शिक्षकहरुलाई कानुनी चुनौती

पुनः आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल शिक्षक महासंघविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । कानून विषय अध्ययनरत काठमाडौंका अर्जुन शाह र राहुल साहले भदौ दोस्रो साताबाट गर्न लागिएको आन्दोलनलाई लिएर महासंघविरुद्ध रिट निवेदन दायर गरेका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा, शिक्षाको संवैधानिक तथा कानूनी अधिकार कार्यान्वयनका लागि आवश्यक परमादेश जारी गर्न र विद्यालय सञ्चालन नियमित बनाउन तुरुन्त कदम चाल्न माग गरिएको छ।

त्यस्तै, संघीय विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न तथा शिक्षकका जायज माग सम्बोधन गर्न संवाद प्रक्रिया अघि बढाउन आदेश दिन पनि माग गरिएको छ। संविधानप्रदत्त बालबालिकाको शिक्षा अधिकार र बालअधिकारसम्बन्धी व्यवस्थामा आधारित रही रिट दायर गरिएको उल्लेख छ।

सहमतिको आधारमा सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेको भन्दै शिक्षक महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको हो। यता, निजी विद्यालय सञ्चालकहरूले भने शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै भोलिदेखि आन्दोलनमा उत्रिने जनाएका छन्।उक्त रिट निवेदन दर्ता गराएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा, शिक्षाको संवैधानिक तथा कानूनी अधिकार कार्यान्वयनका लागि आवश्यक परमादेश जारी गर्न र विद्यालय सञ्चालन नियमित बनाउन तुरुन्त कदम चाल्न माग गरिएको छ।

त्यस्तै, संघीय विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न तथा शिक्षकका जायज माग सम्बोधन गर्न संवाद प्रक्रिया अघि बढाउन आदेश दिन पनि माग गरिएको छ। संविधानप्रदत्त बालबालिकाको शिक्षा अधिकार र बालअधिकारसम्बन्धी व्यवस्थामा आधारित रही रिट दायर गरिएको उल्लेख छ।

सहमतिको आधारमा सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेको भन्दै शिक्षक महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको हो। यता, निजी विद्यालय सञ्चालकहरूले भने शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै भोलिदेखि आन्दोलनमा उत्रिने जनाएका छन्।

टिप्पणीहरू