कांग्रेसमा देउवाको विरोध हुँदा शंकर पोखरेल क्रुद्ध

कांग्रेसमा देउवाको विरोध हुँदा शंकर पोखरेल क्रुद्ध

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्री पद प्राप्त हुने तथ्य बुझ्न जरुरी रहेको बताएका छन् ।

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै उनले यो कुरा उठाएका हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मातर्फ इंकित गर्दै उनले प्रधानमन्त्री पद कसैलाई पालो पुर्याउनका लागि नभई कार्यकर्ताको विश्वासमा प्रप्त हुने बताए । 

‘कहिलेकाहीँ नेपाली काँग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । नेपाली काँग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने ? अब अरु मलाई दिनुपर्दछ’, देउवाको समर्थन गर्दै शंकरले भने, ‘यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र ? विश्वासको कुरा हो । पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्यो नि त । यो आलोपालोको कुरा हो र ?‘

प्रधानमन्त्री आलोपालो भागबण्डा मिलाउने पद होइन भन्दै गर्दा गत वर्ष असार १७ गते केपी ओली र देउवाबीच आलोपालो प्रधानमन्त्री खाने सहमति भएको विषय चै स्मरण गरेनन् । बरु प्रधानमन्त्री पाँचौँ पटक भएपनि देउवाले कार्यकाल एउटा पनि पूरा गर्न नपाएको भन्दै समर्थन जनाए । 

नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै शंकरले प्रश्नसमेत गरेका छन् । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नहुने कांग्रेसपंतिलाई एमाले महासचिवको सुझाव छ ।

टिप्पणीहरू