विद्या भण्डारी तेस्रो तलामा बस्ने

विद्या भण्डारी तेस्रो तलामा बस्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आजदेखि संचालनमा आएको छ । 

नयाँ बानेश्वरको थापागाउँस्थित चार तले घर भाडमा लिएर स्थापना गरिएको कार्यालयको आज औपचारिक उद्घाटन गरिएको हो । उक्त घरको तेस्रो तल्लामा भण्डारीको कार्यकक्ष बनाइएको छ । 

सो तल्लाका अन्य दुई वटा कोठा भने उहाँलाई भेट्न आउने पाहुनाका लागि प्रयोगमा ल्याइने छ । दुवै कोठामा कुर्सी र सोफा राखिएका छन् । 

पहिलो र दोस्रो तलामा भने मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालय रहने छ । 

आज कार्यालय उद्धघाटन समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्यहरू, पूर्वमन्त्री, पूर्वसांसदलगायत सयौँको संख्यामा नेता-कार्यकर्ता उपस्थित थिए ।

टिप्पणीहरू