भारतीय दूतावास बाहिर एमाले कार्यकर्ताको नाराबाजी
सरकारको नेतृत्वकर्ता नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ ।
नेपाली भूमि लिपुलेकमा व्यपारिक नाका खोल्ने भारत र चीनको सहमतिको विरोध गर्दै सत्ताधारी पार्टीका कार्यकर्ता सडकमा उत्रिएका हुन् । अमृत साइन्स क्याम्पस स्ववियु सभापति रुद्रहरि पोखरेलको नेतृत्वमा रहेको टोलीले लैनचौरको खानी तथा भूगर्भ विभाग र लन्डन क्याफेको बीचमा केहीबेर नाराबाजी गरे ।
प्रदर्शनकारीले नेपालको भूमि नेपालकै हो !’, ’लिपुलेक–कालापानी–लिपियाधुरा फिर्ता गर !’, ‘अतिक्रमण बन्द गर, नेपाललाई सम्मान गर !’, ‘भारतीय हस्तक्षेप बन्द गर !’ जस्ता नारा लगाए ।
अनेरास्ववियुका कार्यकर्ताले काठमाडौँमा मसाल जुलुस पनि निकालेका छन् ।
टिप्पणीहरू