चिनियाँ विदेशमन्त्रीको प्रतिक्रिया- ‘छिमेकीलाई चाेट पुर्याउनु हाम्राे उद्धेश्य हाेइन’
नेपालको सहमतिबिना लिपुलेकमा व्यापारिक नाका खोल्ने भारत र चीनबीच भएको सम्झौतालाई लिएर नेपालमा आक्रोश बढिरहेका बेला चिनियाँ विदेशमन्त्री वाङ यीले छिमेकीलाई अप्ठेरो पार्ने नीति आफूहरुको नरहेको स्पष्ट पारेका छन्।
पाकिस्तान भ्रमणमा रहेका उनले त्यहाँका समकक्षी इसहाक दारसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा खुलाएका हुन्। विदेशमन्त्री वङले भारत-चीनबीच विशुद्ध व्यापारिक सम्झौतामात्रै भएको दाबी गरे।
‘हामीले गरेको सहमतिले भूराजनीतिसँग खास सम्बन्ध राख्दैन’, उनले भनेका छन्, ‘यसलाई दुई देशको अर्थतन्त्र र सम्भावित विकासको दृष्टिकोणबाट हेर्नुपर्छ, अन्य छिमेकी देशलाई चोट पुर्याउनु हाम्रो उद्धेश्य होइन ।’
चीनले सबै छिमेकी देशहरुसँग आत्मीय सम्बन्ध राख्न चाहेको उनको प्रष्टोक्ति छ । विदेशमन्त्री वाङ भारत र अफगानिस्तानको भ्रमण सकाएर पाकिस्तान पुगेका हुन्।
टिप्पणीहरू