विद्या निवासमा दर खाने कार्यक्रम धमाधम

विद्या निवासमा दर खाने कार्यक्रम धमाधम

पूर्वराष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले दर खाने कार्यक्रम आयोजना गर्नुभएको छ। 

भंगालस्थित पूर्वराष्ट्रपतिको नीजि निवासमा दर खाने कार्यक्रम अहिले चलिरहेको छ। कार्यक्रममा भण्डारीका पुराना महिला साथी, एमालेमा सक्रिय महिला नेतृ, सहकर्मी र शुभचिन्तकहरू सहभागी रहेको बताइएको छ। 

सात वर्ष राष्ट्रपति हुँदा पनि उहाँले एमाले नेतृहरूलाई शीतल निवास बोलाएर दर खुवाउने गर्नुभएको थियो। राष्ट्रपतिबाट अवकाशपछि पनि उक्त परम्परा कायम राख्दै आउनुभएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिवन्ध लगाए पनि एमाले नछोड्ने अठोट गर्नुभएकी उहाँले राजनीतिक गतिविधि बढाउनुभएको छ। पछिल्लो समय विभिन्न कार्यक्रममा उहाँको व्यस्तता देखिन्छ। 

हिजो नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गर्नुभएकी भण्डारी त्यसअघि विराटनगर पुग्नुभएको थियो।

तस्बिरहरु

टिप्पणीहरू