विपिनका आमा र बहिनी शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि आमा पद्मा र बहिनी पुष्पा जोशी आज राष्ट्रपति कार्यालय पुगेका हुन् ।
दुबै जना हालै इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेपछि स्वदेश फर्केका हुन् । विपिनको रिहाइका लागि परिवारले थप पहल गरिदिन अन्तर्राष्ट्रिय स्तरमै आग्रह गरिसकेका छन् ।
टिप्पणीहरू