जसपा उग्र, उपेन्द्र ‘शान्त’
भूमिसम्बन्धी विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । पार्टीले भदौ ९ देखि १५ गतेसम्म विभिन्न शहरमा विरोध कार्यक्रम गर्ने जनाएको छ ।
विपक्षी दलको फरक मतसहित संसदीय समितिबाट पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक–२०८२’ अस्ति सदनमा पेश भएको छ । सो विधेयकलाई ‘राष्ट्रिय हितविपरीत’ भन्दै जसपाले असहमति जनाएको छ ।
प्रवक्ता लालबाबु राउतका अनुसार ‘भूमि र वन बचाऔं, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔं’ अभियान अन्तर्गत आन्दोलन अघि बढाइनेछ ।
तर पार्टीका संस्थापक नेता उपेन्द्र यादव भने पछिल्ला गतिविधिमा खासै सक्रिय देखिँदैन् । आन्तरिक असन्तुष्टिसहितको यस आन्दोलनमा उपेन्द्र ‘शान्त’ रहनुले विभिन्न अड्कलबाजीलाई बल पुगेको हो ।
टिप्पणीहरू