कांग्रेस कार्यालयमा दर खाने कार्यक्रम, एमाले सांसद पनि उपस्थित

कांग्रेस कार्यालयमा दर खाने कार्यक्रम, एमाले सांसद पनि उपस्थित

सत्ता सहकार्यमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका महिला सांसदहरूले संगसंगै तीजको दर खाएका छन् । 

आज दिउँसो सानेपास्थित कांग्रेस मुख्यालयमा भेला भएर उनीहरुले दर खाएका हुन् । कांग्रेस सहमहामन्त्री सीता गुरुङको संयोजनमा आयोजित कार्यक्रममा दुवै पार्टीका महिला माननीयहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ । 

यस वर्षको हरितालिका तीज आगामी मंगलबार मानाइँदै छ । तर, पछिल्लो समय भने विभिन्न नाममा महिनौँ अगाडिदेखि दर खाने अभ्यास चलिरहेको छ । विभिन्न संघसंस्था, राजनीतिक दलका भात्री संगठनहरूले साउन अन्तिम सातादेखि नै तीजको कार्यक्रम आयोजना गरिरहेका छन् । 

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दर खाने कार्यक्रम आयोजना गरेकी थिइन् । उक्त कार्यक्रममा एमालेका महिला नेत्री र सांसदहरू सहभागी थिए ।

टिप्पणीहरू