सरकारविरुद्ध उखु किसान फेरि ओर्लिए सडकमा

सरकारविरुद्ध उखु किसान फेरि ओर्लिए सडकमा

उखुको बक्यौता भुक्तानीसहित अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै उखु किसान सडकमा उत्रिएका छन् ।

उखु किसान सङ्घर्ष समितिको अगुवाइमा तराई-मधेसका १३ जिल्लाका किसानले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनसहित कोणसभा गरेका हुन् । त्यसअघि बिहान मण्डलाको विस्तारीत सडक खण्डबाट बानेश्वरसम्म र्याली गरेका थिए । 

सरकारले हालैमात्र उखु किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँलाई ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो । सरकारले आफूखुसी मूल्य निर्धारण गरेपछि असन्तुष्ट हुँदै किसानहरू आन्दोलनमा उत्रिएका हुन् । 

उखुको वक्यौता अनुदान रकम ७० कै दरले भुक्तानी गरिनुपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, अनुदान भुक्तानी र उखुमा लगाएको भ्याट खारेज गर्नुपर्ने किसानको माग छ । यी माग सम्बोधन नहुँदासम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन जारी राख्ने उखु उत्पादक महासंघले जनाएको छ । 

प्रदर्शनमा सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासीलगायतका जिल्लाका किसानको सहभागिता रहेको छ ।

तस्बिरहरुः 

टिप्पणीहरू