भियतनामी उपराष्ट्रपति शीतल निवास जाँदै, मध्यरातमा स्वदेश फर्कंदै
नेपाल भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाटका लागि शीतल निवास जाँदै हुनुुहुन्छ । उहाँ होटल सोल्टीबाट बिहान साढे १० बजेपछि राष्ट्रपति कार्यालय पुग्ने कार्यक्रम तय गरिएको छ ।
झण्डै एक घण्टाको भेटवार्तापछि उहाँ पुनः सोल्टी होटल फर्केर दिवा भोजमा सहभागी हुनुहुने छ । दिउँसो २ बजे बौद्ध स्तुुपाको भ्रमणपछि त्यहाँबाट सोझै साढे ३ बजे पाटन दरबार स्क्वायर पुग्ने बुझिएको छ ।
राति सोल्टी होटलमा डिनरपछि भियतनामी उपराष्ट्रपति राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय पुग्ने र मध्यरात साढे ११ बजे थाइ एअरवेजको उडानमा बैंकक हुँदै स्वदेश फर्कने कार्यक्रमा छ ।
टिप्पणीहरू